Established
Janata Aadarsha Multiple Campus was established in Puspalal Chowk , Biratnagar Morang.
जनता आदर्श बहुमुखी क्याम्पस
दुई दशक भन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनता आदर्श बहुमुखी क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हो । पूर्वी नेपालको प्रमुख शहर तथा कोशी प्रदेशको राजधानी विराटनगरको पुष्पलाल चोकमा यो क्याम्पस अवस्थित छ । यो क्याम्पसले शिक्षा र समाजशास्त्र अन्तर्गत जनसंख्या तथा ग्रामिण विकास र सामाजिक कार्यको अध्यापन गर्दै आएको छ । शिक्षा तर्फ एक वर्षे बी. एड. र चार वर्षे बी. एडको अध्यापन गर्दै आएको छ । चार वर्षे बी. एडमा विशेष आवश्यकता शिक्षाको अध्यापन गर्दै आएको छ । सबैमा शिक्षाको पहुँच पुर्याउने संविधानको लक्ष्यलाई विशेष आवश्यकता शिक्षाले पुरागर्ने विश्वास लिइएको छ । शिक्षामै दुई वर्षे एम. एड. तहको अध्यापन हुँदै आएको छ ।
सामाजिकशास्त्र तर्फ स्नातक तहमा बी. एस. डब्ल्यु र स्नातकोत्तर तहमा एम. एस. डब्ल्युको अध्यापन हुँदै आएको छ । सामाजिक कार्यमा दक्ष जनशक्तिको अभाव पूर्ती गर्न सामाजिक कार्यको प्रयोगात्मक शिक्षाको प्रारम्भ गरिएको हो ।
गाउँनै गाउँको नेपालको विकास गाउँको विकास नभइ सम्भव छैन् । विकास निर्माणमा जनसंख्याको महत्व लगायतका विषयलाई दृष्टिगत गरी जनसंंख्या र विकासलाई समेटेर स्नातकोत्तर तहको एम. एससी पी. आर. डी. को अध्यापन गर्दै आएको छ । यसको अध्यापन जनसंख्या तथा विकास केन्द्र मार्फत हुँदै आएको छ ।
सामाजिक कार्य र जनसंख्या तथा विकास केन्द्रका कार्यक्रम सेमेष्टर प्रणालीमा सञ्चालित छन् भने शिक्षा तर्फको कार्यक्रम वार्षिक प्रणालीमा सञ्चालित छन् । जनता आदर्श बहुमुखी क्याम्पस र जनसंख्या तथा विकास केन्द्रले अनुभवी र दक्ष प्राध्यापकहरुबाट सहुलियत शुल्कमा अध्यापन गर्दै आएका छन् ।