आंगीक क्याम्पस/Constituent College
Biratnagar-1, Puspalalchowk
Icon
HOME NOTICE PROGRAMS TEAMS GALLARY ABOUT US FACILITIES CONTACT DOWNLOAD
Home About Us जनता आदर्श बहुमुखी क्याम्पस
जनता आदर्श बहुमुखी क्याम्पस
दुई दशक भन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनता आदर्श बहुमुखी क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हो । पूर्वी नेपालको प्रमुख शहर तथा कोशी प्रदेशको राजधानी विराटनगरको पुष्पलाल चोकमा यो क्याम्पस अवस्थित छ । यो क्याम्पसले शिक्षा र समाजशास्त्र अन्तर्गत जनसंख्या तथा ग्रामिण विकास र सामाजिक कार्यको अध्यापन गर्दै आएको छ । शिक्षा तर्फ एक वर्षे बी. एड. र चार वर्षे बी. एडको अध्यापन गर्दै आएको छ । चार वर्षे बी. एडमा विशेष आवश्यकता शिक्षाको अध्यापन गर्दै आएको छ । सबैमा शिक्षाको पहुँच पुर्‍याउने संविधानको लक्ष्यलाई विशेष आवश्यकता शिक्षाले पुरागर्ने विश्वास लिइएको छ । शिक्षामै दुई वर्षे एम. एड. तहको अध्यापन हुँदै आएको छ । सामाजिकशास्त्र तर्फ स्नातक तहमा बी. एस. डब्ल्यु र स्नातकोत्तर तहमा एम. एस. डब्ल्युको अध्यापन हुँदै आएको छ । सामाजिक कार्यमा दक्ष जनशक्तिको अभाव पूर्ती गर्न सामाजिक कार्यको प्रयोगात्मक शिक्षाको प्रारम्भ गरिएको हो । गाउँनै गाउँको नेपालको विकास गाउँको विकास नभइ सम्भव छैन् । विकास निर्माणमा जनसंख्याको महत्व लगायतका विषयलाई दृष्टिगत गरी जनसंंख्या र विकासलाई समेटेर स्नातकोत्तर तहको एम. एससी पी. आर. डी. को अध्यापन गर्दै आएको छ । यसको अध्यापन जनसंख्या तथा विकास केन्द्र मार्फत हुँदै आएको छ । सामाजिक कार्य र जनसंख्या तथा विकास केन्द्रका कार्यक्रम सेमेष्टर प्रणालीमा सञ्चालित छन् भने शिक्षा तर्फको कार्यक्रम वार्षिक प्रणालीमा सञ्चालित छन् । जनता आदर्श बहुमुखी क्याम्पस र जनसंख्या तथा विकास केन्द्रले अनुभवी र दक्ष प्राध्यापकहरुबाट सहुलियत शुल्कमा अध्यापन गर्दै आएका छन् ।

जनता आदर्श बहुमुखी क्याम्पसले विभिन्न शैक्षिक पाठ्यक्रमहरू अध्ययन गराउँछ जस्तै सामाजिकशास्त्र र शिक्षा।यस क्याम्पसको अध्ययन गर्न विभिन्न बाह्य र अन्तरिम छात्रवृत्तिहरूको पनि उपलब्धता छ।

साथै, जनता आदर्श बहुमुखी क्याम्पसले छात्र, छत्राहरूको लागि विभिन्न प्रतियोगितात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दछ। यी कार्यक्रमहरूले छात्र, छत्राहरूलाई उनको प्रतिभा देखाउने, उनीहरूको आत्म-विश्वास बढाउने र उनीहरूलाई समाजका साथीहरूसँग एक साथ हुने अवसर प्रदान गर्दछ।

जनता आदर्श बहुमुखी क्याम्पसले शैक्षिक समृद्धि, र  सामाजिक उत्थान गर्ने  उद्देश्यहरूलाई पूरा गर्नका लागि समर्पित छ।